२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फेवाताल सरसफाई अभियान सञ्चालन

कास्कीको पोखरास्थित फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाई अभियान सञ्चालन गरिएको छ।

पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका छन्। वडा–वडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायिक संघसस्था, राजनीतिक दलका नेतृत्व,टोल संस्था, लायन्स क्लव लगायतका सामाजिक संघ संस्था सरसफाईमा सहभागी भएका थिए भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरसफाईमा सहभागी जनाएका थिए। 

तालको मुहानतर्फ रहेको जलकुम्भी झार असोज महिना लागेसँगै हावा चल्ने र तालभरी फैलने गर्छ। लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको  । जसको कारण ताल कुरुप बन्ने गरेको छ। सोही जलकुम्भी हटाउन महानगरले सरसफाई अभियान चलाएको महानगरका प्रमुख धनराज आचार्यले बताए। 

उनले जनसहभागीतामा काम गर्दा तालको संरक्षणमा थप मद्धत पुग्ने भएकाले सबै वडाबाट स्थानीयलाई सरसफाईमा सहभागी गराइएको बताए। तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने बताइएको छ। सरसफाई अभियानमा सयौँको संख्यामा जनसहभागिता रहेको थियो। 

डुङ्गाको मद्दतमा तालमा रहेको जलकुम्भीलाई किनारमा निकालिएको थियो भने त्यसपछि लामवद्ध सहभागीले जलकुम्भी बाहिर निकालेका थिए। तालको बीच भागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको थियो। सरसफाई अभियान बिहान ७ बजे शुरु भइ १० बजेसम्म चलेको थियो। संकलित फोहरोरलाई महानगरको फोहोर संकलन गर्ने गाडीमार्फत व्यवस्थापन गरिनेछ।

प्रकाशित: २५ आश्विन २०७९ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App