९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

रातको समयमा ११ वर्षीया बालिका सुत्ने कोठामा गएर बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको हो।

सूर्यबिनायक नगरपालिका वडा नं २ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी वर्ष ११ की बालिकालाई निजकै (डेरा) कोठामा लगि जबरजस्ती करणी गरेको कसुरमा उनलाई पक्राउ गरेको हो। 

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ घर भई हाल बालकोटमा बस्ने ती बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भईरहेको छ। घटना भने दुई दिन अगाडि भएको जनाइएको छ।

प्रकाशित: २५ आश्विन २०७९ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App