८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

डेढ महिनादेखि बेपत्ता वडा सदस्य राउतको कङ्काल फेला

मृतक छत्रकुमारी राउत।

त्रियुगा नगरपालिका २ की महिला वडा सदस्य छत्रकुमारी राउत (मञ्जु थापा) मृत फेला परेकी छिन्। डेढ महिनाअघि घर छाडेर बेपत्ता भएकी ४१ वर्षीया राउतको बेलका नगरपालिका ८ सेतीखोला जंगलमा लुगा कपडासहित कङ्काल भेटिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए।  

भदौ ८ गते स्वास्थ्य उपचार गर्न भन्दै बिराटनगर गएकी उनी सो दिन सुनसरी बाराहाक्षेत्र नगरपालिकाको कालाबन्जरस्थित काकाको घरमा बास बसेर भोलिपल्ट विहान गाईघाट फर्कँदा हराएकी थिइन्। ९ गते विहान ६ः०० बजे काकाले बसमा चढाई दिएर गाईघाट हिँडेकी उनी सेतीखोलास्थित पेट्रोल पम्पमा उत्रिएर नजिकैको पसलमा सामान किनेर सडकै सडक हिडेर अलप भएको पम्पको सिसि टिभी फुटेजमा देखिएको थियो।

सोही आधारमा परिवार, आफन्त र प्रहरीको संयुक्त खोजी गर्ने क्रममा सेतीखोला जंगलमा भेटिएको लुगा, चप्पल र व्याग झुण्डिएको भेटिएपछि उनको मृत्यु भएको निश्चित भएको वडाध्यक्ष खत्रीले बताए। खत्रीका अनुसार लुगा कपडा भेटिएको नजिकै महिलाको केस र हाडखोर पेला परेपछि उनको मृत्यु भइसकेको निक्र्यौल भएको हो।  

दशैं अस्टमीका दिन भेटिएको कङ्कालका आधारमा उनको मृत्यु भएको प्रमाणसहित प्रहरीले घट्नाास्थलको सर्जमिन मुचुल्का गरी परिवारको जिम्मा लगाएको हो। १३ र ८ वर्षीय २ छोराकी आमा राउतका श्रीमान् स्थानीय विद्यालयकै शिक्षक वडाध्यक्ष खत्रीको भनाइ छ।  

वडा सदस्यको मृत्यु भएकोमा त्रियुगा नगरपालिकाले सोमबार एकदिन सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: २४ आश्विन २०७९ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App