१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

तिलागुफामा मलामी गएका १५ जना सम्पर्कविहीन

जिल्लाको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कमा नआएको राँचुलीकी स्थानीय एवं सामाजिक कार्यकर्ता निर्मला शाहीले जानकारी दिइन्।

राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएको र आफूहरु यसबारे अनुसन्धानमा लागेको र प्रहरी टोलि पठाएको  प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन्। उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेका छन्।

प्रकाशित: २४ आश्विन २०७९ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App