४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा

विगत तीन दिनदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ। वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका हुन्। 

निरन्तर वर्षाका कारण उपत्यकाको तल्लो क्षेत्र डुबानमा परेपछि स्थानीयवासी घर छोडेर सुरक्षित स्थानतिर लागेका छन्। धानबाली सबै डुबाएको छ। वर्षाले जलमग्न वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र जनप्रतिनिधि अवलोकन गरेका छन्। साथै उक्त क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीको टोली परिचालन भइरहेको छ।

उक्त क्षेत्रमा सबै परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ। डुबानले पाक्नै लागेको सबै धान भने बाढीले नष्ट बनाएको स्थानीयवासीले बताएका छन्। हाल मानवीय क्षति कुनै पनि नभएको प्रहरीले जनाएको छ। जिल्लाका मुख्य राजमार्ग तथा अन्य सडक पहिराको कारण सवारी आवतजावतमा कठिनाइ भएको छ। 

पहिरो हटाउँदै सवारी आवतजावतलाई सहज बनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। उनका अनुसार बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

प्रकाशित: २१ आश्विन २०७९ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App