२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। बाराको सिम्रौनगढबाट एक हजार रुपैयाँ दरको नक्कली नोटसहित एक भारतीय नागरिकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका–५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोटसहित भारतकाे मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखियालाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले नम्बर नखुलेको मोटरसाइकलमा सवार रंजितलाई जाँच गर्ने क्रममा ९ वटा गड्डीमा रहेको करिब नौ लाख नक्कली नोटसहित पक्राउ गरेको हो।

नक्कली नोटको कारोबार कहाँबाट भइरहेको छ र नक्कली नोट कहाँ गइरहेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ आश्विन २०७९ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App