१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्बिर।

गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।  

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। म्याग्दे खण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ  एस्काभेटर र डोजर परिचालन गरिसकिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

राजमार्ग अवरुद्ध भएकाले  सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको बताइएको छ। 

प्रकाशित: २१ आश्विन २०७९ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App