१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

निकुन्जको हिरासत कक्षमा थुनुवाले गरे आत्महत्या

बर्दिया–बर्दिया राष्ट्रिय निकुन्जको हिरासत कक्षमा एक थुनुवाले आत्महत्या गरेका छन्। केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले बाघ मारेको आरोपमा बाँकेको नेपालगंजबाट पक्राउ परेका हुम्ला बरगाउँ ४ का शेर लामाले पासो लगाई आत्महत्या गरेको प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।उनकाअनुसार हिरासत कक्षमा रुमालले पासो लगाएर लामाले आत्महत्या गरेका थिए । बाघ मारेको आरोपमा जिल्ला बन कार्यालयको फरार सूचिमा रहेका लामालाई व्यूरोले पक्राउ गरेको थियो । व्यूरोले लामालाई शुक्रबार पक्राउ गरि थप अनुसन्धानका लागी निकुन्जको हिरासतमा राखिएको थियो ।

प्रकाशित: १ जेष्ठ २०७३ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App