१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कार्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा स्कार्पियोले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। आज बिहान ०९ः३५ बजे भरतपुर महानगर २९ सेतीदोभानमा स्कार्पियोले मोटसाइकललाई ठक्कर दिएको हो।

बा१५च ७४७९ नम्बरको स्कार्पियोले टक्कर दिँदा बागमती प्रदेश०२-०३६प ११७४ नम्बरको मोटसाइकलमा सवार पर्वत माहाशीला गाउँपालिका ५ का ४८ वर्षीया मित्र लाल पंङ्गेनिको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती राधा पंङ्गेनीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।  मित्रलालको टाउकोमा गम्भीर चोट लागेको थियो। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमती राधा पंङ्गेनीको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा  भइरहेको छ। मोटरसाइकल, स्कार्पियो र चालक जिल्ला प्रहरी कार्यालय चितवनको  नियन्त्रणमा रहेको छ।

प्रकाशित: १९ आश्विन २०७९ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App