४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

नाकामा अनुगमन टोलीलाई खसी व्यापारीको जवाफ : हचुवामा ल्यायौँ, हचुवामै बेच्छौँ

दशैँका लागि काठमाडौँको बालाजु बाइपासमा खसी बेचिरहेका व्यापारी गणेश पोखरेलले भने, ‘हचुवामा किनेर ल्यायौँ। हचुवामा बेच्छौँ।’ उनले साथीहरुसहित धादिङ्लगायतका ठाउँबाट ५ सय खसीबोका बेच्न ल्याएका थिए। ती धेरै विक्री भइसकेका छन्। उनले २ वटा खसीको घाँटीमा बाँधिएका दाम्लोहरु हातमा समाएर ग्राहकलाई खसीको मूल्य सुनाउँदै थिए।

लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ। ग्राहकको जवाफ आयो, ३० हजार दिउँला। पोख्रेलले नजिक रोकेर राखेको गाडी देखाउँदै जवाफ फर्काए, ३२ हजार दाम त उहाँले दिइसक्नु भएको हो। मैले बेचिन। यसको अन्तिम दाम नै ३५ हजार हो। खसी किन्ने ग्राहक टाढा जानुभन्दा यहीँ दाम मिलाएर किन्ने सुरमा थिए।

यति गफ गर्दागर्दै अर्का एक जना ग्राहक भने, उनले दाम कति हो खसीको भनेर सोधेको प्रश्नमा पाख्रेलले ३६ हजार रुपैयाँ भन्ने जवाफ  फर्काए। वरिपरि हेर्ने मानिसहरु मुसुमुसु हाँसिरहेका थिए। पाखरेल भन्दैथिए, ‘इच्छा भए लाने हो, जवर्जस्ती कसले गर्छ र?’

यी संवाद र बजारको अवस्था आजको हो। काठमाडौ महानगरको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो। त्यहाँ आज करिव ३० वटा खसीबोका बेच्नका लागि राखिएका थिए। यो अवस्था देखेपछि अनुगमन टोलीले हचुवामा बेच्दा उपभोक्ता मारमा पर्ने भएकोले यसो गर्न नहुने बताएको थियो। जवाफमा व्यापारीहरुले, एउटा दुईटा खसी बोका बेचेर दशैँ मनाउने किसानसँग तौल लिने व्यवस्था नहुने उत्तर दिए  यो ठाउँमा नुवाकोट, सिन्धुली, गोरखा, बारालगायत ठाउँबाट खसीबोका ल्याउने गरिएको छ। पशु स्वास्थ्य विभागका अनुसार हिजो यस नाकाबाट २०३ वटा वोका, ४२३ वटा खसी, ५१ वटा राँगा, ५२२ वटा कुखुरा र ४ वटा बाख्री भित्रिएका थिए।  

महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका पशु विकास अधिकृत डम्बर बमका अनुसार, बजारमा रोगी खसी बाख्रा भेटिएका छैनन्। निरोगी खसीबोकाका सिंङ्मा हरियो रङ्ग लगाएर खान योग्य भन्ने संकेत गररिएको छ। यिनीहरुको वाह्य अवस्था परीक्षणबाट चिन्ह लगाइएको हो। 

प्रकाशित: १७ आश्विन २०७९ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App