१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फुलपातीमा जुम्लाको राजासिममा घोडा दौड

आइतबार फुलपातीका दिन जुम्लामा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । दौडमा सहभागी तीन जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको छ ।  

घोडा दौड प्रतियोगिता जुम्लाको पुराना संस्कृति हो। हरेक वर्ष दसैंको फुलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो। यसअघि जुम्लाको विमान स्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो।  

२०५६ र ०६७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो। तर केही बर्ष यतादेखि कर्णाली स्पोट्र्स क्लव जुम्लाले चन्दननाथ नगरपालिका ५ राजासिम चौरमा पुरानो जुम्ली सस्कृतिलाई जगेर्ना गर्दै आएको छ।  

यस वर्षको फुलपातीकै दिन छौटौँ पटक घोडा दौड प्रतियोगिता गरिएको छ। घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन विधामा पुरुस्कार प्रदान गरिएको छ। खुल्ला तर्फ गुठीचौर गाउँपालिका २ गडीगाउँका विकास बोहरा प्रथम, सोही गाउँका शंकर रोकाया द्धतिय र सोही वडा कोल्तेका विपन्न बोहरा तृतिय भएका छन्।  

यस्तै पालित तर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्धतिय र गुठीचौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतिय भएका छन्।  

कदम तर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत द्धतिय र गुठीचौर गाउँपालिका २ कोल्तेका कालिप्रसाद बोहराले तृतिय स्थाल हासिल गरेका छन्। तीन वटै विधामा प्रथमलाई पाँच हजार द्धतियलाई तीन हजार र तृतियलाई दुई हजार पुरुस्कार प्रदान गरिएको आयोजकले जनाएका छन्। घोडा दौड प्रतियोगितामा ३३ वटा घोडा सहभागिता जनाएको क्लवका सहसचिव धनराज सुनारले बताए।

प्रकाशित: १६ आश्विन २०७९ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App