coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डम्मरु दहमा डुबेर एक जनाको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको चर्चित डम्मरु दहमा डुबेर स्थानिय एक व्यक्तिको ज्यान गएको छ। ठाडा स्थित डम्मरु दहमा डुबेका शितगंगा नगरपालिका–३, दह निवासी ३७ वर्षिय खिमबहादुर नेपालीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ईन्स्पेक्टर कृष्ण घिमिरेका अनुसार नेपालीले आफै दहमा हाम फालेका थिए। स्थानियले बिहान करिव ८ बजेतिर दहमा हाम फालेका देखेपछी नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानियले पानी मुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए।  

उनलाई उद्धारपछी तत्कालै नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याईएको थियो। तर उनको मृत्यु भईसकेको थियो। नेपालीका श्रीमती रोजगारीको क्रममा भारतमा रहेकी छिन्। उनी आमा र दुई छोरीसंग बस्दै आएका थिए।  

शवको पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७९ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App