१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई दर्जन भन्दा धेरै बाँदर सिंचाई पोखरीमा मृत फेला

सन्धिखर्क नगरपालिकामा दुई दर्जन भन्दा धेरै बाँदर पोखरीमा डुबेर मरेका छन्। सन्धिखर्क नगरपालिका–९, अर्घामा रहेको सिंचाई पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका हुन्।

जंगलको बिचमा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बाबुराम भुसालले बताए। पोखरी अग्लो भएकाले बाँदरहरु पोखरीमा पसेपछी निस्कन नसक्दा डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ।  

डिभिजन बन कार्यालय अर्घाखाँचीका सहायक बन अधिकृत शिला पोखे्रलले पालैपालो पोखरीमा बाँदरले हाम फाल्दा मृत्यु भएको हुनसक्ने आशंका गरिन्। ‘पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीबाट निस्कन नसकेको हुनसक्छ, उनले भनिन्,‘ एउटा बाँदरलाई बँचाउन जाँदा अर्को फसेको र पालैपालो अन्य बाँदर पनि त्यहाँ हाम फालेपछी बाँदर पोखरीमा डुबेर मरेका हुनसक्छ।’

पोखरी जंगलको बीचमा रहेको र उनीहरुको आवाज बस्तीसम्म नपुगेकाले उद्धार हुन नसकेको देखिएको डिभिजन बन कार्यालयले जनाएको छ। जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी, स्थानीय वासिन्दाको रोहवरमा गाडिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७९ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App