७ वैशाख २०८१ शुक्रबार
समाज

‘विशेष प्रहरी हुँ’ भन्दै ठगी गर्ने २ युवा पक्राउ

आफूलाई विशेष प्रहरी भएको बताउँदै व्यापारीलाई ठगेको आरोपमा उदयपुर प्रहरीले २ युवालाई पक्राउ गरेको छ। अपराध अनुसन्धान व्युरो (सिआईबी) प्रहरी हुँ भन्दै नगद, मोबाइल र बैंकको चेकसमेत लिएर भागेका रौतामाई गाउँपालिका ७ का २३ वर्षीय दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका १२ का ३३ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन्।  

उनीहरुलाई चौदण्डीगढी नगरपालिका ९ स्थायी घर भई हाल त्रियुगा नगरपालिका १२ त्रिबेणी टोलमा पसल गरि बस्ने २८ वर्षीय राजबल राईबाट २० हजार नगद, रिएलमी ८ मोडलको एउटा मोबाइल र मुक्तिनाथ विकास बैंक खाताको ५० हजारको चेकसमेत लिएर फरार भएको आरोपमा पक्राउ गरिएको हो।  

प्रहरीका अनुसार असोज १२ गते राति ९ः०० बजेको समयमा पसलमै पुगेर राईलाई उनीहरुले सिआईबीको प्रहरी भएको भन्दै नियन्त्रणमा लिई धाकधम्की दिँदै रकम, मोबाइल र चेकमा जबरजस्ती सही गर्न लगाएका थिए। राईबाट नगद, मोबाइल र चेक लिएपछि मोटरसाईकलमा भागेका उनीहरुलाई खोजी गर्ने क्रममा प्रहरी भेटेर नियन्त्रणमा लिएको जनाएको छ।

घट्नाको भोलिपल्ट पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले खोजतलास गर्ने क्रममा दुवैजना रौतामाई गाउँपालिका ७ मुर्कुची बजारबाट नियन्त्रणमा परेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारका अनुसार स ३ प ९१५५ नं. को मोटरसाईकलसहित पक्राउ परेका उनीहरको साथबाट ५० हजारको चेक, रिएलमी ८ मोडलको मोवाईल र २ हजार नगद बरामद भएको छ।  

पक्राउपछि हिरासतमा राखिएका उनीहरुविरुद्ध ‘आपराधिक लाभ लिन नहुने (एक्सटर्सन) मुद्धा’मा कारबाही प्रक्रिया अघि बढाइएको छ। कारबाहीका लागि जिल्ला अदालतबाट उनीहरुविरुद्ध जरुरी पक्राउ पुर्जीको अनुमति लिएर थप अनुसन्धान थालिएको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए।

प्रकाशित: १५ आश्विन २०७९ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App