४ वैशाख २०८१ मंगलबार
समाज

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

एक हप्ताभित्र दैलेख प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले ६ जनाबाट १० वटा चोरी मोटरसाइकल नियन्त्रणमा लिएको हो। दशैं नजिकिएसँगै प्रहरीले विशेष सुराकीको आधारमा चोरीका मोटरसाइकल चोर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो। मोटरसाइकल चोरी गरी हिडेका गिरोहलाई प्रहरीले पक्रन सफल भएको छ।

दैलेख गुराँस गाउँपालिका–१ पातल खोलामा चामुण्डाविन्द्रासैनी नगरपालिका–८ बस्ने रितिक रोशन शाही, दिनेश शाही, विनोद शाही, सोही नगरपालिकाका–४ बस्ने आशिष शाही मोटरसाईकल चोरी गर्दा गर्दै पक्राउ परेका हुन्। उनीहरुले लु८०प १९३५, लु८०प २०१८, क.प्र.०२००१ प २०९ र भे४प ८५८३ नम्बरको मोटरसाइकल चोरी गरी भागीरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुबाट पक्राउ परेका मोटरसाइकल चोरी गरेको पत्ता लागेको थियो। स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि भाँगेर जाँदै गरेको मोटरसाइकल चोरहरु दैलेख प्रहरीले पक्राउ गरेको हो। त्यस्तै दैलेख दुल्लुनगर पालिका–७ हाल–५ मा रहेको साथी अटो पार्टस सञ्चालक पुष्कर बावु बज्रचार्य, मिस्त्री काम गर्ने जनक पुरी समेतलाई चालु अवस्थामा २ वटा अलग भएको ३ वटा चोरी मोटरसाइकलसहित दैलेख प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई अनुसन्धान गर्दा अछाम जिल्ला पञ्चदेवन विनायक नगरपालिका–४ कालिका सामुदायिक वनको कोजेडाबाट थप एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। यसरी दैलेख प्रहरीले एक हप्तामा १० वटा चोरी मोटरसाइकलसहित चोरी कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद साहले बताए।

दैलेखका दुर्गम क्षेत्रतिर चोरी मोटरसाइकल प्रयोग गर्ने धेरै भएको प्रहरीलाई सूचना आएपनि अँझै चेकजाँचमा कडाई हुन सकेको छैन। १५ हजारमा चोरीका नयाँ मोटरसाइकल ल्याएर पुराना दर्तावाला मोटरसाइकलनमा पार्ट पुर्जा जोडेर चलाउने समेत गरिएको पाइएको छ।

प्रकाशित: १३ आश्विन २०७९ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App