४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन। महानगरले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे एक सय जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो।  

रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ। महानगरका प्रमुख बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा महानगरका नगरप्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने बताए।

सूचनाको अवज्ञा गरेको पाइएकाे सुर्तीजन्य पदार्थ –नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र  जरिवना गर्ने बताइएको छ।

महानगरकाे नगरसभाको ११ औँ अधिवेशनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ।

प्रकाशित: १२ आश्विन २०७९ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App