१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रेस चौतारीको अध्यक्षमा गगन विष्ट

बुटवल, माघ २४- एमाले समर्थित पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको बुटवलमा सम्पन्न छैटौं अधिवेशनले गगन बिष्टलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

शनिबार भएको निर्वाचनमा बिष्टले २७६ र उनका निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहालले २०१ मत प्राप्त गरेका थिए। नवनिर्वाचित अध्यक्ष बिष्ट यसअघि चौतारीका महासचिव थिए।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा श्रीधर आचार्य तथा उपाध्यक्षहरुमा पूर्वाञ्चलबाट प्रकाश खतिवडा, मध्यमाञ्चलबाट राजेन्द्र अर्याल, पश्चिमाञ्चलबाट दुर्गाप्रसाद शर्मा, मध्यपश्चिमाञ्चलबाट कृष्ण अधिकारी र सुदूरपश्चिमाञ्चलबाट हेमन्त पौडेललाइ निर्वाचित गरेको छ।

यस्तै महासचिवमा विष्णु रिजाल तथा सचिवमा माधव नेपाल, लक्की चौधरी र दुर्गा भण्डारी तथा कोषाध्यक्षमा अछरी पोखरेल निर्वाचित भएका छन्।

सदस्यहरुमा नेपोलियन चेपाङ, नरेन्द्र सावद, महेन्द्र बिष्ट, गणेश पाण्डे, शिवजी गायक, केशव अधिकारी, विमला राई, शान्ति गुरुङ, टिका बिष्ट, सरिता दाहाल, गीता अधिकारी, यमकला पाण्डे, तिलक बि.क., चेतन अधिकारी, रामकुमार ऐलन, कृष्ण के.सी. मुकेश पोखरेल, उपेन्द्र के.सी., जिवन सेजुवाल, डिल्ली पोखरेल, नवराज छतकुली, यज्ञराज थापा, विरेन्द्र मिश्र, लक्ष्मी शाह र यामबहादुर थापा खुला तथा समावेशी ढङ्गबाट निर्वाचित भएका छन्।

सम्मेलनले नयाँ संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्ने, प्रेस आयोग गठन गर्नुपर्ने लगायतका १२ बुँदे प्रस्ताव पनि पारित गरेको छ। रासस

प्रकाशित: २३ माघ २०६६ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App