१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बारा प्रहरीद्वारा नक्कली रुपैयाँ कारोबारी सार्वजनिक

नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेका नुनियालाई सार्वजनक गर्दै बारा प्रहरी।

नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।  

जिल्ला प्रहरी कार्यालय बाराले शनिबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका सिम्रौनगढ नगरपालिका ५ का जगदेव महतो नुनियालाई सार्वजनिक गरेको हो।  

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार नुनियाले नक्कली रुपैयाँको कारोबार गरिरहेको र घरमै रकम राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र जिल्लाबाट खटाइएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनको घरमा खानतलासी गर्दा ८२ हजार पाँच सय नक्कली नेपाली रुपैयाँ बरामद गरिएको बोगटीले बताए। अहिले उनीमाथि अनुसन्धान गरिरहेको बोगटीले बताए।

गत वर्ष मात्रै  सिम्रौनगढ क्षेत्रबाट दुई लाख ७५ हजार रुपैयाँ  र तीन लाख एक हजार रुपैयाँ गरेर चार लाख ७६ हजार रुपैयाँ नक्कली रुपैया बरामद गरिएको बोगटीले बताए।

गत वर्ष बरामद गरिएको रुपैयाँ र अहिले बरामद गरिएको नक्कली रुपैयाँको मूख्य कारोबारीहरु एउटै रहेका छन् कि अलग अलग व्यक्ति रहेका छन्, त्यसको समेत अनुसन्धान गरिरहेको उनले बताए।

प्रकाशित: ८ आश्विन २०७९ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App