२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

विपन्न दलित र असहायका लागि २४ घर निर्माण हुँदै

अतिविपन्न दलित, गरिब, असहाय र अपाङ्गता भएका परिवारका लागि २४ घर निर्माण हुने भएको छ। 

शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडानं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ  गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए। हाललाई तराई मधेस समृद्धि कार्यक्रम र वडा नम्बर २ ले विनियोजन गरेको बजेटबाट आवास निर्माण  सुरुआत गरिएको जानकारी दिँदै उनले भने,  ‘बाँकी अन्य लक्षित परिवारका लागि नगरपालिकाको बजेटबाट आवास निर्माणमा  सहयोग गरिनेछ।’

नगरपालिकाका पाँच सय घरधुरीका लागि छानामा जस्तपाताको लागि सहरी विकास मन्त्रालयमा पहल भइरहेको उल्लेख गर्दै नगरप्रमुख गुप्ताले यस क्षेत्रमा आवासको कारणले कुनै पनि जनतालाई दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरे। आवास निर्माण कार्यक्रमका लागि तराई मधेस समृद्धि कार्यक्रमको ४० लाख रुपैयाँ, वडानं २ कार्यालयबाट १५ लाख रुपैयाँ र ह्याविट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्रको ५५ लाख गरी कूल एक करोड १० लाख रुपैयाँ खर्च व्यहोरिएको छ। 

दलित हरुवाचरुवाका लागि सामुदायिक आवास मोडेलको १४ घर र अतिविपन्न, गरिव, असहाय, असुरक्षित र अपाङ्गगता भएको १० परिवारका लागि हिल्टी मोडलको घर गरी २४ वटा घर निर्माण गरिने भएको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जनताको जीवनस्तर उकास्ने काममा सहयोगी संस्थासँग सहकार्य गरिने बताए। रासस

प्रकाशित: ८ आश्विन २०७९ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App