प्रहरी चौकी पथलैयाले ३२ केजी लागुऔषध गाँजासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १९ का हिराला स्याताङ्ग र लक्ष्मी मोक्तान रहेको बारा प्रहरीले जनाएको छ।
पथलैयास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले राजमार्गमा सवारी चेकजाँच गर्दा अटो राखेर गाँजा ल्याउँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोग्टीले बताएका छन्।
हेटौंडाबाट ना१ज ५८९३ नम्बरका अटोमा गाँजा राखेर ल्याउदै गरेको सुचनाको अधारमा सवारी साधनहरुलाई चेकजाँच गर्दा गाँजा सहित त्यसको कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गरिएको पथलैया प्रहरी चौकी ईन्चार्ज प्रहरी सहायक निरिक्षक मनोज यादवले बताए। पक्राउ परेका मध्ये स्याताङ्ग अटो लगाउँदै गरेका थिए पनि र मोक्तान अटोमा गाँजासँगै बसेकी यादवले बताए।
गाँजासहित पक्राउ परेका दुबै जनासँग मकवानपुरको कुन ठाउँबाट गाँजा ल्याइएको र कहाँ लैजान लागेको बारेमा बुझ्ने काम भैरहेको बारा प्रहरीले जनाएको छ।
प्रकाशित: ६ आश्विन २०७९ १९:२४ बिहीबार