८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

२४ घण्टामा पोखरामा ९५ र ओखलढुङ्गामा ८४ मिलिमिटर वर्षा: कुन ठाउँमा कति पानी पर्‍यो ?

पछिल्लो २४ घण्टामा देशका प्रमुख मौसम मापन केन्द्रहरूमध्ये पोखरामा सबैभन्दा धेरै ९५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो तथ्यांकअनुसार पोखरापछि कोशी प्रदेशको ओखलढुङ्गामा दोस्रो धेरै ८४.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा विशेषगरी मध्य र पूर्वी पहाडी भेगमा वर्षाको प्रभाव बढी देखिएको छ। पूर्वी पहाडी जिल्ला धनकुटामा ५२.३ मिलिमिटर र ताप्लेजुङमा ४९.२ मिलिमिटर वर्षा भएको छ।

यसैगरी तराई तथा मध्य क्षेत्रका सिमरामा ३७.६ मिलिमिटर, जनकपुरमा ३३.९ मिलिमिटर र झापाको चन्द्रगढी विमानस्थल केन्द्रमा ३०.५ मिलिमिटर पानी परेको छ। संघीय राजधानी काठमाडौंमा २९.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

मध्य र पूर्वी भेगको तुलनामा पश्चिम र सुदूरपश्चिमका भू-भागमा भने वर्षा निकै न्यून देखिएको छ।

दिपायलमा वर्षा शून्य रहँदा डडेलधुरामा ०.१ मिलिमिटर, धनगढीमा १.२ मिलिमिटर, नेपालगन्जमा १.९ मिलिमिटर वर्षा भएको छ भने वीरेन्द्रनगरमा मापन हुन नसक्ने न्यून पानी परेको छ।

मौसम प्रणालीमा आएको बदली र वर्षासँगै हिमाली तथा उच्च पहाडी क्षेत्रको तापक्रममा समेत गिरावट आएको छ। जुम्लाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा झरेको छ भने दिपायलमा अधिकतम तापक्रम ३३.० डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

हेर्नुहोस् सूची-

पोखरा : ९५.२ मिलिमिटर

ओखलढुङ्गा : ८४.६ मिलिमिटर

धनकुटा : ५२.३ मिलिमिटर

ताप्लेजुङ : ४९.२ मिलिमिटर

सिमरा : ३७.६ मिलिमिटर

जनकपुर : ३३.९ मिलिमिटर

चन्द्रगढी विमानस्थल : ३०.५ मिलिमिटर

काठमाडौँ : २९.८ मिलिमिटर

विराटनगर : २३.७ मिलिमिटर

लुम्ले : २३.२ मिलिमिटर

भैरहवा : १८.६ मिलिमिटर

धरान : १८.२ मिलिमिटर

जिरी : १२.४ मिलिमिटर

घोराही : १०.९ मिलिमिटर

जोमसोम : ३.५ मिलिमिटर

जुम्ला : २.४ मिलिमिटर

नेपालगन्ज : १.९ मिलिमिटर

धनगढी : १.२ मिलिमिटर

डडेलधुरा : ०.१ मिलिमिटर

वीरेन्द्रनगर : न्यून (ट्रेस)

दिपायल : शून्य

प्रकाशित: ८ आश्विन २०८३ १९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App