४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपतिको कदमप्रति गठबन्धनका विद्यार्थी संगठनद्वारा बिरोध कार्यक्रम घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले बिरोधका कार्यक्रम घोषणा गरेका छन्।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा बिरोधको कार्यक्रम घोषणा गरेका हुन्।  

बिरोधको कार्यक्रमहरुमा असोज ६ गते देशभरका सम्पूर्ण जिल्लामा संयुक्त बिरोध प्रदर्शन गर्ने, ६ गते नै माईतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त बिरोध प्रदर्शन गर्ने र असोज ७ गते बिहान ११ बजे सडक वहस कार्यक्रम गरिने जनाइएको छ। विद्यार्थी संगठनहरुले राष्ट्रपतिले कुनै दलको स्वार्थ र इशारामा नागरिकता विधेयकलाई प्रमाणिकरण नगरी विफल तुल्याएको आरोप लगाएका छन्।

त्यस्तै राष्ट्रपतिको कदमलाई असंवैधानिक कदमको संज्ञा दिँदै राष्ट्र, राष्ट्रियता, नेपाली नागरिक र व्यवस्था माथि प्रहार गरिएको उल्लेख गरेका छन्। पत्रकार सम्मेलनमा आ–आफ्नो मन्तव्य राख्दै विद्यार्थी नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग पनि गरेका छन्।

प्रकाशित: ५ आश्विन २०७९ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App