६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चोरीको मोटरसाइकल सहित एक पक्राउ

प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङ रहेका छन्। उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।  

काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२–०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको थियो।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट राखी चलाई राखेको अवस्थामामा फेला पारी पक्राउ गरेको हो। उनलाई गोकर्णेश्वर नगरपालिका–६ नयाँवस्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।

प्रकाशित: ५ आश्विन २०७९ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App