१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

फाइल तस्बिर

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन्।

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन्।

रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि  १२ हजार दुई सय ७५, नेपालीका लागि  पाँच हजार दुई सय ८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति सात हजार ५० भाडादर लागू हुने बताइएको छ।रासस

प्रकाशित: ५ आश्विन २०७९ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App