१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौँको गोठाटारमा गोली लागेर घाइते भएका मोहम्मदको मृत्यु

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मदको मृत्यु भएको छ।

उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएका थिए।

घटना बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ।

प्रकाशित: ३ आश्विन २०७९ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App