२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

शिक्षण अस्पतालमा मुटु रोगीको घुइँचो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार विहानैदेखि मुटु रोगीको घुइँचो लागेको छ।शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौं र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा पहिलो पटक मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि विहानैदेखि मुटु जाँच गराउने विरामीको घुइँचो लागेको हो। शिविरमा उपचार गराउनका लागि विरामी विहान ५ बजे देखिनै लाइनमा बसेका थिए।

आफ्नै जिल्लामा मुटु रोगको उपचार सेवा लिन पाउँदै स्थानीय निकै खुसी देखिएका छन्। मुटु रोग जाँच गर्ने चिकित्सकको टोली खलंगा पुगेको थाहा पाएपछि उपचारका लागि लाइनमा बसेको टंकप्रसाद आचार्यले बताए। बिरामी सदरमुकाम खलंगाभन्दा एक दिनको पैदल दूरीबाट हिडेर उपचार गराउन आएका छन्। सामान्य मुटु दुख्दा हजारौ खर्चेर सुर्खेत नेपालगंज र भारतको लखनउ जानु भन्दा घरमै आएको सेवा लिन घुइचो लागेको शिक्षण अस्पतालका ईन्द्रराज डाँगीलेले बताए।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौका मुख्य चिकित्सक डा. रामेश कोइरालाको नेतृत्वमा १३ जना चिकित्सकको टोली निःशुल्क शिविरका लागि जुम्ला पुगेको हो। शिविरमा मुख्य मुटु रोग सम्बन्धि समस्या भएका विरामीलाई उपचार गरिएको छ। शिविरका लागि उपकरणहरु र आषैधि काठमाडौंबाटै ल्याइएको छ। मुटु सम्बन्धि रोग भएका विरामीहरुलाई इसिजी र इकोबाट परीक्षण समेत गरिएको छ। निशुल्क मुटु रोगको उपचार गर्ने जानकारी पाएपछि काठमाडौं बसेकासमेत जुम्ला पुगेका छन्। विहानदेखि अहिलेसम्म ८ सय भन्दा बढीले उपचार गराइ सकेको शिक्षण अस्पताल जुम्लले जनाएको छ ।

प्रकाशित: ४ वैशाख २०७३ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App