२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ। बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो। सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो।  

तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो। बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ। नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिए। बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ। 

बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍याएको छ। शुक्लाफाँटा १२ मा बाढीले गाईवस्तुसमेत बगाएको छ। नदी किनारका वस्ती डुबानमा परेका छन्। बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन्।  

प्रकाशित: १ आश्विन २०७९ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App