१६ चैत्र २०८० शुक्रबार
समाज

२ महिनामा ४३ फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुर। तस्विरः महेश्वर/नागरिक

उदयपुर प्रहरीले दुई महिनाको अवधिमा झण्डै ४ दर्जन फरार अभियुक्त पक्राउ गरेर सजायको भागीदार बनाएको छ। चालु आर्थिक वर्ष सुरु भएपछिको साउन १ देखि भदौ ३१ गतेसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ।  

बिभिन्न मितिमा फरक फरक आपराधिक गतिबिधिमा संलग्न भई सम्मानित अदालतबाट दोषी करार भएपनिभाग्दै आएकाअभियुक्तहरुको खोजी गर्ने क्रममाउनीहरु पक्राउ परेका हुन्। जिल्लाप्रहरी प्रवक्ता डिएसपी राकेश कुमार पोदारका अनुसार आव ०७९/८० सुरु भएको दुई महिनाभित्र पक्राउ अभियुक्तहरुबाट ११ वर्ष १० महिना २० दिन कैद तथा १० लाख ६३ हजार ८ सय २८ रुपैयाँ जरिवाना असुल उपर हुने भएको छ।  

सरकारले अदालत र प्रहरीको समन्वयमा केहीवर्षअघिदेखि फरार अभियुक्तको खोजी गरी पक्राउ र सजायतथा जरिवानाअसुल अभियान चलाउँदै आएको छ। जस अनुसार प्रहरीले वर्षौंदेखि भाग्दै आएका अभिुक्तहरुको खोजी गर्दै पक्रदै आएको छ। सोही अभियानअन्तर्गत चालु वर्षको दुई महिनामै यति धेरै फरारहरु पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए।  

एसपी फुयालका अनुसार फरारहरु पक्राउ गर्नका लागि जिल्ला प्रहरीले विशेष टोली गठन गरेर परिचालन गर्दै आएको छ। फरारलाई पक्राउ गरे लगत्तै अदालतमा जिम्मा लगाएर कैद सजाय भुक्तानका लागि कारागार पठाउने गरिएको छ भने तोकिए बमोजिम बिगो जरिवाना असुल गर्ने गरिएको छ।

प्रकाशित: ३१ भाद्र २०७९ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App