४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

धनगढी रनवेमा स्याल देखिएपछि विमान अवतरणमा ढिलाइ

फाइलतस्बिर

शुक्रबार दिउँसो काठमाडौंदेखि धनगढीका लागि उडेको जहाज अवतरणका लागि ढिलाइ भएकाे छ। धनगढी विमानस्थलमा सौर्य एयरलाइन्सको विमान अवतरण गर्नै लाग्दा रनवेमा स्याल देखेपछि दुई मिनेट ढिलोगरी असुरक्षितरुपमा अवतरण गरेको हो। पौने १ बजे विमानस्थलको धावनमार्गमै स्याल देखापरेपछि जहाज दुई मिनेट आकाशमै घुमेको थियो। 

‘सौर्य एयरलाइन्सको जहाज अवतरण गर्नैलाग्दा धावनमार्गमा एक्कासी स्याल आएपछि जहाजलाई केही समय आकाशमै ‘होल्ड’ गर्नुपरेको थियो,’ धनगढी विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहन जोशीले भने,‘ धावनमार्गबाट स्याल भागेपछि करिव दुई मिनेटपछि जहाँज सुरक्षितरुपमा अवतरण गरियो।’ धावनमार्ग वरपर घाँस बढेका कारण स्याल आएको हुन सक्ने बताउँदै उनले भने,‘वर्षातका कारण धावनमार्ग वरपर घाँस तथा झाडी बढेकाले त्यहीबाट स्याल आएको हुनसक्छ।’ 

विमानस्थल कार्यालयले समय समयमा घाँस तथा झाडी सफाइको काम गराउँदै आएको बताउँदै उनले भने,‘झाडी सफाइ गरिरहेका छौँ, पानी परिरहेका कारण झाडी छिटो बढ्ने गरेको छ, त्यही झाडीबाटै स्याल आउन सकेको हुन सक्छ।’

प्रकाशित: ३१ भाद्र २०७९ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App