१५ चैत्र २०८० बिहीबार
समाज

युवाहरुले गरे परोहा नगरपालिका घेराउ

रौतहटको परोहा नगरपालिकालाई युवाहरुले घेराउ गरेका छन्। स्वतन्त्र युवाहरुको समूहले बुधबार परोहा नगरपालिकाको कार्यालयलाई घेराउ गरेको हो।

नगरपालिकामा कुनै सुधार नभएको र नगर प्रमुखले गरेको चुनावी प्रतिबद्धता पूरा नगरेको भन्दै नगरपालिकाका स्वतन्त्र युवाहरुको समूहले नगरपालिकालाई घेराउ गरेको हो। बुधवार केही घन्टा नगरपालिकाको मूल गेटलाई घेराउ गरेपछि स्थानीयको पनि निकै समर्थन देखिएको थियो।

युवाहरुको समूहले नगर प्रमुख शेख वकिलले चुनावमा गरेको प्रतिबद्धता अनुरुप शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषिमा काम गर्नुपर्ने माग गरेका छन्।

दोस्रो कार्यकालको लागि जितेका नगर प्रमुख वकिलले केही युवाहरुले अनावश्यक विरोध गरिरहेको र आफूले नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताएका छन्। आउँदा दिनमा नगरपालिकाले अझ राम्रो गर्ने नगर प्रमुख वकिलको भनाइ छ।  

विरोधमा उत्रेका युवाहरुलाई नगर प्रमुख वकिलले रचनात्मक सहयोग गर्न र विकासको कामको लागि सम्भव भएसम्म नेतृत्व लिन आग्रह गरेका छन्। 

प्रकाशित: २९ भाद्र २०७९ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App