७ वैशाख २०८१ शुक्रबार
समाज

जाली नोटमा भारतीय सक्रिय

काठमाडौं- जाली भारतीय रुपैयाँ कारोबारका नेपाली नाइके जेल पुगेपछि भारतीय समूहका व्यक्ति आफैं नेपालको सीमावर्ती क्षेत्रमा बसेर समूह परिचालन गर्ने गरेको खुलेको छ। एक करोड जाली भारुसहित पक्राउ परेको पाकिस्तानी र नेपाली नागरिकको अनुसन्धानपछि भारतीय नागरिक नेपालमै बसेर समूह परिचालन गर्ने गरेको खुलेको हो।
प्रहरीको विशेष ब्युरोले ४ दिनको अप्रेसनमा पाकिस्तानबाट दोहा हुँदै नेपाल भित्रिएको एक करोड जाली भारतीय रुपैयाँसहित पाकिस्तानी नागरिक मोहम्मद नदिम, नेपाली नागरिक ईश्वरप्रसाद साह तेली, परमानन्द यादव, दिलबहादुर थापा, महादेव तिमल्सिना र उमादेवी पाण्डे पक्राउपछि नेपाल भित्रिएको भारु भारत पुर्याएउन भारतीय समूहले आफ्नै देशको नागरिकलाई वीरगन्जमा राखेर सञ्जाल चलाउने गरेको खुलेको हो। वीरगञ्ज बसेर समूह परिचालन गर्ने भारतीय नागरिकको पहिचान भने प्रहरीले गोप्य नै राखेको छ।

यसअगाडि पाकिस्तान हुँदै काठमाडौंसम्म जाली भारु भिœयाउन र काठमाडौं भित्रिएको भारु भारतीय सीमावर्ती सहरसम्म पुर्यातएर भारत पठाउन नेपाली नागरिक सक्रिय थिए। २०६६ यता जाली भारुमा जोडिएका अधिकांश मारिए। यो बीचमा जाली भारु कारोबारमा जोडिएका मजिद मनिहार, सौकत बेग, जमिम साह, मोहम्मद आलम मारिए। युनुस अन्सारी, मोहम्मद नुरु उल्लाह, रवि सिंह, रामचन्द्र कुशवाह, इल्ताफ हुसेन अन्सारी नेपालमा पक्राउ परे। जावेद इकवाल र इमरान तेली भारतमा पक्राउ परे।

जाली भारु भारत पुर्याकउन सक्रिय समूहले नेपाललाई ट्रान्जिट बनाउने क्रम बढाएपछि प्रहरीले आक्रामक सुरक्षा रणनीति बनाउँदै जाली भारु सञ्जालमा रहेका अधिकांश नेपाली नागरिकलाई पक्रियो। पक्राउबाट जोगिएका केही भारतीय सुरक्षाकर्मीको फन्दामा परे भने केही जाली भारुमा सक्रिय समूहकै सदस्यबाट मारिएपछि भारतमा सक्रिय समूहले नेपालमा सञ्जाल चलाउन आफ्नै देशको नागरिकलाई नेपाल पठाएको प्रहरी अनुसन्धानमा खुलेको हो।

'पहिला जाली भारुको तस्करीमा सक्रिय समूहले नेपाली नागरिकलाई परिचालन गरी नेपालमा जाली भारु भिœयाउने र सो भारत पुर्या उने गर्दै आएको थियो,' ब्युरो प्रमुख डिआइजी बमबहादुर भण्डारीले भने, 'अहिले भारतीय नागरिक नेपालमै आएर सहयोगी खोजी गरी सेटिङ मिलाउने गरेको खुल्यो।'

प्रहरीले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणमा पाकिस्तानबाट काठमाडौंसम्म जाली भारु भिœयाएर सो भारु वीरगन्ज पुर्यामएर त्यहाँबाट भारत पुर्यााउन भारतीय नागरिक नै सक्रिय देखिए। अनुसन्धान जारी रहेको भन्दै प्रहरीले उनको परिचय र अन्य विवरण भने सार्वजनिक गरेको छैन।

बमका अनुसार जाली भारु संकलन गरी हवाइमार्गबाट नेपाल पठाउने पहिलो समूहमा पाकिस्तानी नागरिक सक्रिय छन्। उनीहरुले पाकिस्तानको कराँचीबाट पाँच सय अमेरिकी डलर दिने सर्तमा २ वटा सुटकेसमा ५०–५० लाख जाली भारु राखेर मोहम्मदलाई कतार एयरबाट दोहा ट्रान्जिट हुँदै नेपाल पठाएका थिए।

काठमाडौंबाट जाली भारु वीरगन्ज पुर्याहउन दोस्रो समूहका उमादेवी, महादेव र दिलबहादुरले काठमाडौंबाट वीरगन्जसम्म सामान पुर्याजउने जिम्मेवारी पाएका थिए। प्रहरीका अनुसार उनीहरुले सो काम गरेवापत पाँच हजार नेपाली रुपैयाँ दिने सर्त थियो। काठमाडौंबाट आएको पैसा बुझ्न वीरगन्जमा भारतीय नागरिकले परमानन्द र ईश्वरलाई खटाएका थिए। बमका अनुसार उनीहरु जाली भारुका खुद्रा कारोबारीसमेत हुन्।

नेपाल आउने अधिकांश पाकिस्तानी नागरिकमाथि विमानस्थलमै सुरक्षा निगरानीमा कडाइ गरिएको छ। पर्यटकीय भिसामा नेपाल आएका मोहम्मदको हाउभाउ र उनले बोकेको सुटकेसको अवस्थाका आधारमा विमानस्थलमा निगरानीका लागि खटिएको ब्युरो टोली उनलाई शंकाको घेरामा राखेर पछ्याउँदै ठमेल पुगेको थियो।

२२ गते सुटकेस लिएर बाहिरिएको अवस्थामा ठमेलको त्रिदेवीमार्गमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर सुटकेस जाँच्दा ५० लाख भारु फेला पर्योम। महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाका अनुसार अनुसन्धानमा उनीसँग पैसा लिन उमादेवी आउने खुलेपछि प्रहरीले सोही दिन उनलाई नयाँबानेश्वरमा पक्राउ गर्योा।

उमादेवीले जाली भारु लिएर वीरगन्ज पुर्याेउने जिम्मा महादेव तिमल्सिनाले लिएको र दिलबहादुरले सो रकम वीरगन्जमा रहेको भारतीय समूहका सदस्यलाई दिने खुल्यो र दुवै २२ गते नै पक्राउ परे। महादेवको साथबाट थप ५० लाख भारु फेला परेको प्रहरी विवरणमा उल्लेख छ। उनीहरुको बयान काठमाडौंमा जाली भारु बुझ्ने र वीरगन्जसम्म ल्याउन परमानन्द र ईश्वरले अह्राएको खुलेपछि २४ गते यी दुवै पक्राउ परे।

'उमादेवी, महादेव र दिलबहादुरलाई ब्यागमा गैरकानुनी सामान छ भन्ने जानकारी भए पनि जाली भारु छ भन्ने थाहा नभएको देखियो,' डिआइजी भण्डारीले भने, 'पक्राउ परेका अन्य जाली भारुबारे जानकार थिए।'

बंगलादेशमा कडाइपछि नेपाल

नेपाल भित्रिने अधिकांश जाली भारु भारत पुग्छन्। केही मात्रामा नेपाल–भारतको सीमावर्ती क्षेत्रमा समेत देखिए पनि जाली भारुमा सक्रिय संगठित गिरोहको टार्गेट नेपाल नभई भारत नै रहेको डिआइजी बम बताउँछन्। २०६६ बाट ४ वर्ष पटकपटक जाली भारुसहित कारोबारी पक्राउ पर्ने गरे पनि डेढ वर्षबीचमा भने कुनै कारोबारी पक्राउ परेका थिएनन्। डिआइजी भण्डारीको विश्लेषणमा नेपाललाई ट्रान्जिट बनाउन जाली भारुसहित आउने अधिकांश व्यक्ति पक्राउ परेपछि उनीहरुले रुट बदल्दै दक्षिण एसियाका अन्य देशको प्रयोग बढाएका थिए।

पाकिस्तान हुँदै भारतमा जाली भारु पुर्या उन नेपालपछि श्रीलंका, बंगलादेश चल्तीका रुट हुन्। पक्राउ परेका पाकिस्तानी नागरिक मोहम्मदको पासपोर्ट विवरण हेर्दासमेत उनी नेपाल आउनुअगाडि पटकपटक बंगलादेश गएको देखिन्छ। सन् २०१४ मा उनी चार पटक बंगलादेश गएको देखिन्छ।

इस्लामिक स्टेटको बढ्दो सुरक्षा खतरासँगै श्रीलंका र बंगलादेश जान भिसामा कडाइ भएपछि पाकिस्तानमा सक्रिय समूहले ट्रान्जिटका लागि पुनः नेपालको रुट प्रयोग गरे। चैत ३ मा मोहम्मद १५ दिने पर्यटन भिसा लिएर नेपाल आए। डिआइजी बमका अनुसार उनको यो दोस्रो नेपाल भ्रमण हो। यसअगाडि नेपाल आउँदा पनि उनी जाली भारु बोकेर ल्याएको प्रहरीको आशंका भए पनि पुष्टि भने हुन सकेको छैन।

दोस्रो पटक नेपाल आएका उनी विमानस्थलबाट ठमेल गएर होटल प्यालेटमा बसे। भिसा म्याद सकिए पनि उनी ठमेल क्षेत्रमै बसिरहे। ब्युरोको टोलीले उनलाई पक्राउ नगरी १९ दिन गतिविधि निगरानीमा राखेपछि २२ गते सुटकेस बुझाउन होटलबाट बाहिरिएपछि पक्राउ गरेको थियो।

आतंकवाद कनेक्सन

जाली नोटको कारोबार आतंककारी गतिविधिमा वित्तीय लगानीको मुख्य आर्थिक स्रोत हो। यो लागुऔषध र हतियार कारोबारी समूहसँग समेत जोडिन्छ। जाली भारुको मुख्य स्रोत पाकिस्तान हुनुले समेत नेपाल भित्रिएको एक करोड जाली भारु आतंकवादसँग जोडिएको हुनसक्ने डिआइजी बमले बताए।

'आतंकवादमा संलग्न समूहसमेत आर्थिक स्रोतका लागि यस्ता आपराधिक गतिविधिमा संलग्न हुन्छन् नै,' बमले भने, 'त्यो दृष्टिकोणमा यो एक करोड जाली भारुको कनेक्सन आतंकवाद हुन पनि सक्छ।'

प्रकाशित: २६ चैत्र २०७२ २०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App