१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

रोल्पा जिल्ला अदालत रोल्पाबाट लागुऔषध चरेश मुद्दामा मिति २०७६ फाल्गुन २९ गते  फैसला भई १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना भई हालसम्म फरार रहेका एक जना पक्राउ परेका छन्।  

पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका वडा नं. २ घर भई हाल दाङ घोराही उप–महानगरपालिका वडा नं. १४ पुरानो बसपार्क बस्ने वर्ष ४० को किशोर बुढामगरलाई मिति २०७९ भदौ २७ गते रोल्पाको थवाङबाट पक्राउ गरिएको हो।  

फैसला कार्यान्वयनको लागी रोल्पा जिल्ला अदालतमा पेश गरि हाल निजलाई कैद भुक्तानको लागी जिल्ला कारागार रोल्पामा पुर्र्याइएको प्रहरीले बताएको छ।

प्रकाशित: २८ भाद्र २०७९ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App