१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्युत चोर्ने ३ जना प्रहरी नियन्त्रणमा, सम्पन्न परिवार नै विद्युत चोरीमा संलग्न

हुकिङ गरी–(अंकुसे लगाई) विद्युत चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढेपछि नियन्त्रणकालागि चुहावट अभियानमा हिँडेका टोलीले यशोधरा गाउँपालिका वडा नम्बर५ रमावापुर सुल्तनवापुर र बृढापार तथा कपिलवस्तु नगरपालिका ५ बभनी बाट ३ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो।

विद्युत चुहावट बढेपछि नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले आइतबारदेखि चुहटावट नियन्त्रणका लागि अभियान संचालन गरेको जनाएको छ। चुहावट नियन्त्रणकालागि विद्युत कर्मचारी, नेपाल र सशस्त्र प्रहरीसहित २५ जना बढीको चुहावट नियन्त्रण टोली परिचालन गरिएको छ। तौलिहवा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले हुकिङ गरी गैर कानुनीरुपमा विद्युतु चार्ने कपिललस्तु नगरपालिका वडा नम्बर ५ का यादव थरका १६ वर्षीय एक जना र यशोधरा गाउँपालिका वडा नम्बर ५ रमनगरा गाउका सलाम र अलि थरका २ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको बताए। तिनीहरुले विद्युतको पोलबाट हुकिङ गरी आफ्नो घर विद्युत प्रयोग गर्दै आएका थिए। तिनीहरुको घरबाट फ्रिज, एलसिडी टिभि, प्यान २ वटा, २ वटा वेयट मेशीन र १ वटा मोटर तथा तार समेत बरामद गरिएको छ। पक्राउ परेका तिनै जना सपन्न परिवारका हुन्।  

त्यस मध्ये एक जनाले ३ वर्ष अघि बिग्रेर बनाउन दिएको मिटर अझैसम्म लगेका छैनन्। १६ कोठे पक्की घर स्कारपियो ट्याक्टर मोटरसाईल लगायतका प्रसस्त सम्पत्ति रहेका व्यत्तिले समेत हुकिङ गरी विद्युतु चारेको पाइएको प्रमुख झाले बताए। विद्युतु चुहावट बढेपछि प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले तत्कालै नियन्त्रणका कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ। गतवर्ष तौलिहवा वितरण केन्द्रमा २९ प्रतिशत बढी विद्युत चुहावट थियो। चुहावट घटाउन अब विद्युत चुहावट नियन्त्रण अभियान र बक्यौता रकम असुलीका लागि ठोस कदम चालिने प्रमुख झाले बताए। लामो समयदेखि बक्यौता नबुझाएका ढेड सय ग्राहकको लाईन समेत काटिएको छ।

बक्यौता नतिरेर ६० दिन नाघेका र १० हजार बढी बक्यौता रहेका ग्राहकको समते लाईन काटिने प्रमुख झाले बताए। पक्राउ परेको ३ जना उपर विद्युत चुहावट नियन्त्रण बिनियमावली २०५९ अनुसार आवश्यक कारबाही र क्षतिपुर्ति तिराईने उनले बताए। तौलिहवा वितरण केन्द्रमा ६५ हजार बढी ग्राहक छन्। मायादेबी, यशोधरा र सुद्धोदन गाउपालिकाका बिभिन्न गाउँहरुमा चु्हावट बढी हुने गरेका छन्। पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउहरुमा संगठीतरुमा नै विद्युत चोरी गनै गरिएका छन्। हुकिङ र मिटर बाईपास गरी विद्युत चोरी गर्ने गरिएको छ।

प्रकाशित: २७ भाद्र २०७९ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App