काठमाडाैं-भारतको नयाँ दिल्लीबाट काठमाडाैंस्थित त्रिभुवन विमानस्थलमा अोर्लेको जेट एयरवेजको जहाजमा बम फेला परेन। बम रहेको भन्न हल्ला निराधार सावित भएपछि विमानस्थल सुचारू भएको छ। कतार एरयवेज र एयर इण्डियाको जहाज अवतरण भैसकेका छन्। राष्ट्रिय अन्तराष्ट्रिय उडान र अवतरण सुचारू भएको छ।
बम रहेको सूचना पाएपछि त्रिभुवन विमानस्थलमा अान्तरिक र अन्तराष्ट्रिय दुबै उडान उडान-अवतरण प्रभावित बनेको थियो।

अवतरण हुन नसकेपछि यसरी अाकाशमै घुमेको थियो एयर इण्डियाको जहाज। तर यो जहाजसहित अाकाशमा होल्डमा रहेका जहाज अवतरण भएका छन्।
प्रकाशित: १४ चैत्र २०७२ ०६:१४ आइतबार





