१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छाडा गाईसँग मोटरसाईल ठोक्किँदा एक युवकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानी धारामा गाईसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाईकल चालक अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भएको हो। दुर्घटनामा गाईको समेत मरेकोे प्रहरीले जनाएको छ। लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ वर्षीया भाउजु राधा भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ। उनको अवस्था समते गभीर रहेको छ। पछिल्लो समयमा छाडा गाई गोरुका कारण अत्यधिक दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षण योगेन्द्र तिमिल्सीनाले बताए।

प्रकाशित: २२ भाद्र २०७९ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App