४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

लागूऔषधसहित १५ जना पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध खैरो हिरोईन, गाँजा र नियन्त्रित लागूऔषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ।  

ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हिरोइन, लागूऔषध गाँजा र नियन्त्रित लागूऔषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो। 

उनीहरुको साथबाट खैरो हिरोइन २८७.५ ग्राम, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए। त्यसैगरी लागूऔषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ।

त्यस्तै पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हिरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उनले उल्लेख गरे। पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागूऔषध ऐन अनुसार म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको उनले जानकारी दिए। उनीहरुको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ। बरामद भएको कुल लागूऔषधको अवैध बजारमूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App