१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेकै कारण प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङलाई रिहा गर्न गृह मन्त्रालयले निर्देशर्न दिएको छ।  

गरूड सेक्युरिटिजका सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर रिहा गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड गुरुङले लाइनमा बस्न भन्दै रोकेका थिए। तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै गुरुङलाई पक्राउ गर्न लगाई हिरासतमा राखेका थिए।

प्रकाशित: २० भाद्र २०७९ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App