४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सेनेटरी प्याड खरिदमा घोटाला

जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याड खरिदमा घोटाला गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरुलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैयाँ घोटाला भएकोे हो।

होलसेल खरिदमा सेनेटरी प्याडको बजार मुल्य ३० देखि ३५ भएपनि नगरपालिकाले खरिद गरेको प्याडको ४५ रुपैया ९५ पैसा मुल्य परेको छ। नगरपालिकाको स्वास्थ्य शाखाले नेपालगंन्जमा रहेको कलमा सर्जिकल र सुर्खेतको निमित सर्जिकलबाट सेनेटरी प्याड खरिद गरेको हो।

नगरपालिकाले १० लाखको लागतमा १५ हजार प्याड खरिद गरेको स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए। उनले दिएको जानकारी अनुसार,१५ हजार प्याडको खरिद मुल्य हेर्ने हो भने ६ लाख ८९ हजार २ सय ५० हुन्छ। तर नगरपालिकाबाट १० लाख भुक्तानी भएको छ।

नगरपालिकाले जुन प्याड खरिद गरेको छ त्यसको बजार मुल्य ३५ राख्ने हो भने,५ लाख २५ हजार हुन आउँछ। नगरपालिकाले १० लाखमा खरिद गरेको प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैयाँ घोटाला भएको पाईन्छ।

नगरपालिकाको स्वास्थ्य शाखाले २०७८ माघ २ गते खरिद गरेको प्याड नागरपालिका भित्रका माध्यमिक विद्यालयमा वितरण गरिएको थियो। वितरण गरिएको प्याड पनि महिनावारी उमेर समूहका छात्राले पाउन सकेका छैनन्।

अहिले विद्यालयले प्याड विद्यालयको गोदाममा थन्काएर राखेका छन्। केही प्याड त मुसाको बासस्थान समेत भएको छ। नगरपालिकाले राखेका विद्यालय नर्सहरु नियमित विद्यालयमा नजाँदा छात्राले प्याड पाउन नसकेका हुन्। कोटेसन माग गरेर प्याड खरिद गरिएको नगरपालिकाले जनाएको छ। १५ हजार प्याड १० लाखमा खरिद गरी विद्यालयहरुमा वितरण गरेको स्वास्थ्य शाखाले दाबी गरेको छ।

प्रकाशित: १९ भाद्र २०७९ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App