८ वैशाख २०८१ शनिबार
समाज

बैतडीमा ३ वटा मेडिकल सिल

बैतडीमा ३ वटा मेडिकल सिल गरिएको छ। मेडिकल अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका भेटिएकोले जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो।

४ वटा मेडिकल अनुगमनको क्रममा ३ वटा मेडिकलले सञ्चालन गर्न नपाउने क्लिनिक सेन्टर पनि सञ्चालन गरिएकोमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।

मुस्याचौरस्थित प्रकाश मेडिकल हल र जयदुर्गे मेडिकल हलको क्लिनिक बन्द गरिएको हो। देहिमाण्डौस्थित निङ्गलाशैनी फार्मेसी एक जनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको भेटिएकोले सिल गरिएको प्रशासनले जनाएको छ।

अनुगमनको क्रममा मेडिकलहरुले बेच्न नपाइने औषधिहरु पनि बेच्ने गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।

अहेव बस्ने मेडिकलहरुले क्लिनिक सञ्चालन गरेर बेडहरु राखेको भेटिएकोले बन्द गरिएको छ। उनले भने, ‘भिडियो एक्सरे पनि मेडिकलमा राखेको भेटिएको थियो  ल्याबका कर्मचारी नभएर ल्याब पनि सञ्चालन गरेका थिए। मेडिकलमा औषधि पनि फार्मेसी नपढेकाले बेचेको भेटियो। नियम विपरीत खोलिएका क्लिनिक, ल्याब, एक्सरे, फार्मेसीहरु बन्द गरेका छौं।’

प्रकाशित: १९ भाद्र २०७९ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App