११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

खाडलमा डुबेर सर्लाहीमा एक बालकको मृत्यु

सर्लाहीमा खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ। सर्लाहीको हरिवन नगरपालिकाको पत्थरकोटिया टोलमा एउटा खाडलमा जमेको पानीमा डुबेर १२ वर्षका बालकको मृत्यु भएको हो।

स्थानीय मदन घिसिङले संचालन गर्दै आएको मिदास इँटाभट्टाको खाडलमा जमेको पानीमा हरिवन नगरपालिका ६ का रामचन्द्र महतोका १२ बर्षका छोरा आकाश महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भैँसी गोठालो गएका आकाश भैँसीको पिठ्युँमा बसेका थिए। पानी जमेको खाडलमा भँैसी अचानक पसेपछि आकाश सोही खाडलमा खस्न पुगेका थिए। पानीमा खसेपछि आकाशको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक बालकको शवको मलंगवा प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।

 

 

प्रकाशित: १७ भाद्र २०७९ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App