२६ माघ २०८२ सोमबार
image/svg+xml
समाज

सिद्धार्थ राजमाग अवरुद्ध

 सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक  भासिँदा सवारी संचालन हुन सकेको छैन्।

गए राति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनःपानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध बनेको हो।

बिहिबार दिउँसोदेखी पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन सकेको छैन।

बिहिबार २ घण्टा एकतर्फी रूपमा सडक खुलाइएको भएता पनि पून :पहिरो खस्दा यात्रुहरु भने अलपत्र परेका छन्। यस्तै नयाँ खोलिएको सडकमा समेत आज बिहान पहिरो खसेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए।  

अहिले पनि पानी परेका कारण सडक खुलाउने कामगर्न असहज भएको छ। माथिबाट पहिरो खस्ने र खनिएको सडक समेत पहिरोले बगाएपछि सडक खुलाउने विषय नै अन्यौलमा परेको सूचना अधिकारी लम्सालले बताए।

निरन्तर पानी परेका पानी रोकिए पछि मात्रै सवारी संचालन गर्नेगरी काम गरिने सडक डिभिजन पाल्पाले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७९ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App