१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीजको नाच चलेको स्थानमा चट्याङ पर्दा २ जनाको मृत्यु

फाइल तस्बिर

तीजको नाच चलिरहेको स्थानमा चट्याङ पर्दा दाङमा २ जनाको मृत्यु भएको छ। अन्य २ जना गम्भिर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमका अनुसार मंगलबार राती घोराही उपमहानगरपालिका वडा नम्बर १२ स्थित गुरौँ गाउँको सालझडामानाच चलिरहेका बेला चट्याङ पर्दा दुई किशोरीको मृत्यु भएको हो।

चट्याङ लागेर गुरौँ गाउँकी १२ बर्षिया दिपा घर्ती र १९ बर्षिया मनिषा शाहको मृत्यु भएको डिएसपी गौतमले जानकारी दिए। उनका अनुसार त्यहाँ गएराती गाउँका महिलाहरु जम्मा भएर नाचगान गरिरहेका थिए। त्यसै समयमा चट्याङ परेको थियो।  

चट्याङ लागेर दुई जना महिला गम्भिर रहेको र उनीहरुलाई उपचारका लागि घोराही ल्याइँदै छ। उनीहरुको नाम भने खुलेको छैन। ‘राती गाउँका महिलाहरु एउटा सार्वजनिक स्थानमा जम्मा भएर नाचगान गरिरहेको समयमा चट्याङ परेको रहेछ,’ डिएसपी गौतमले भने ‘चट्याङ लागेर २ जनाको मृत्यु र अन्य दई जना गम्भिर घाईते भएका छन्।’

घोराही उपमहानगर १२ मा पर्ने गुरौँ गाउँ विकट क्षेत्र हो। त्यस तर्फ प्रहरी बिहानै हिँडेको भएपनि अझै पुग्न नसकेको र प्रहरी पुगेपछि घटना बारे थप विवरण आउने गौतमले जानकारी दिए। 

प्रकाशित: १५ भाद्र २०७९ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App