१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

देशैभरि तीज मनाउँंदा भक्तपुरमा मनाइयो चोथा

देशैभरि धूमधामका साथ तीज मनाइरहँंदा भक्तपुरका नेवार समुदायले भने मंगलबार चोथा पर्व मनाएका छन्। घरघरमा भगवान श्री गणेशको पूजा गरी उनीहरुले गणेश चतुर्दशी अर्थात् चोथा पूजा गरेका हुन्। साँंझ सूर्यास्तसँंगै घरघरको झ्याल वा छतमा गणेशको तस्वीर राखेर भगवान गणेशको पूजा गरिएको हो। स्थानीय नेपाल भाषामा यसलाई चोथा पूजा भनिन्छ।  

पर्वको क्रममा विभिन्न थरीका गेडागुडीहरु भुटेर खाने प्रचलन छ। मकै, गहुँं, भटमास, बकुला, बदाम, केराउ, सिमी, चनालगायतका गेडागुडी भुटेर खाई पर्व मनाउने गरिन्छ।    

पर्वको विशेष विशेषता चोरेर खानु रहेको छ। यसकारण यो रातमा चोरेर खाने चलन छ। खेतबाट काँंक्रो, लसुन, भोगटे, कागती, नरिवल, केरा, अम्बालगायतका मौसमी फलहरु रातको समयमा चोरेर खाने चलन छ। त्यसकारण यो पर्वलाई चोरीको पर्व भनेर प्रख्याती पाएको स्थानीयहरु बताउँंछन्। चोरीको यो चलन पहिला जस्तै अहिले भने चलेको छैन। नभए पनि हराउन चाहिं नहराएको स्थानीय सुनाउँंछन्। यस दिन देखिने चन्द्रमामा दोष हुने र चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वासका कारण चोरीको परम्परा रहेको उनीहरुको भनाई छ। स्थानीय जात्राप्रेमी श्रीना प्रजापति केही वर्ष अगाडिसम्म चोरीको चलन रहे पनि अहिले भने लोपन्मुख अवस्थामा पुगेको सुनाउँंिछन्।  

पर्वको अवसरमा टोलटोलका गणेश मन्दिरहरुमा भगवान् शिव–पार्वती पुत्र गणेशको जन्मोत्सव पुजा आराधना गरिन्छ। यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको सम्यबजी (चिउरामा मासुलगायतको मिसाएर दिने खाजा) तथा फलफूल चढाउने चलन पनि रहेको छ।  

यसअघि पर्वको तयारीका लागि विहानैदेखि घरलाई चोखो बनाउने काम भएका थिए। अनि साँंझ सूर्यास्तसँंगै घरघरमा पूजा गरिएको हो। पूजाको बेला कुकुर रुने जनविश्वास रहिआएको छ।

इतिहासविद् डा वीरेन्द्रप्रसाद कायष्ठका अनुसार यो पर्व जनमानसमा चोरीसँंग सम्वन्ध रहे पनि वास्तविकता भने यसको ठिक उल्टो रहेको बताउँंछन्।  उनका अनुसार चोर होइन भन्ने प्रमाणित गर्न परापूर्वकालमा परिवारका सवै सदस्यले पर्वको दिन ज्यामिरे लिएर बस्ने परम्परा थियो।  

कसैकसैले यस दिनलाई विनायक चतुर्थि पनि भन्दछन्। गणेश या विनायक या गजाधर जे नामले सम्झिए पनि यी सम्पूर्ण नाम भगवान गाणेशकै हुन्। १०८ वटा विभिन्न नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिने चलन छ। उनको जन्मकाबारेमा दुईखाले धारणा पाइन्छ। स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी मैलबाट बनाइएको आकृतबाट गणेश उत्पन्न भएका हुन। एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रुपमा गणेशलाई राखेका थिए। यी सब कुराबाट भगवान् शिव जानकार थिएन र सोही समय पार्वतीलाई भेटन भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए। स्नानपश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसंग अनेक विलौना गरेपछि देवादिदेव महादेव उत्तरतर्फ गई हात्तिको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको उल्लेख गरेको छ।

 

 

 

 

प्रकाशित: १४ भाद्र २०७९ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App