४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षकलाई मोबाइल प्रयोगमा रोक लगाउने निर्णयको विरोध

रौतहटको एउटा नगरपालिकाके शिक्षकलाई मोबाइल प्रयोगमा रोक लगाएपछि आलोचना हुन थालेको छ। विभिन्न विषय तथा सन्दर्भको लागि मोबाइलको प्रयोग कक्षाकोठामा शैक्षिक सामग्रीको रुपमा भइरहेको अवस्थामा रौतहटको वृन्दावन नगरपालिकाके कक्षाकोठामा मोबाइलको प्रयोगमा रोक लगाएपछि आलोचना हुन थालेको छ।

विज्ञान र प्रविधिको प्रयोग बढाउनु पर्ने तथा विज्ञान, सामाजिक अध्ययन, शिक्षा र अन्य विषयमा पनि पाठ्यपुस्तकभन्दा धेरै सामग्री इन्टरनेटमा रहेको र तत्काल विद्यार्थीले खोज्ने वित्तिकै देखाउन सकिने तथा शिक्षकलाई पनि आवश्यकतानुसार कक्षामै प्रदर्शन गर्नुपर्ने सामग्री मोबाइलबाटै सम्भव हुने भएको अवस्थामा वृन्दावन नगरपालिकाले शिक्षकलाई मोबाइल प्रयोगमा रोक लगाएपछि आलोचना बढेको हो।

नगर क्षेत्रका केही शिक्षकले मोबाइलको दुरुपयोग गरेको गुनासोको आधारमा नगरपालिकाले आधुनिक शिक्षाको मुहान नै थून्न खोजेको आरोप नगरपालिकामाथि रहेको छ। वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेलले मंगलवार सूचना प्रकाशित गरी शिक्षकहरुलाई कक्षाकोठामा मोबाइल फोन चलाउन निषेध गरिएको जनाएका थिए।

नगरपालिकाले शिक्षकहरुलाई ल्यापटप उपलब्ध गराउन नसकेको, सबै विद्यालयमा सुविधा सम्पन्न इन्टरनेट र स्मार्ट कक्षाको विकास गरी नसकेको अवस्थामा आधुनिक शिक्षा प्रणालीसित जोड्ने माध्यमको रुपमा रहेको मोबाइल फोनलाई प्रयोग गर्नबाट रोक लगाउनु भनेको शिक्षालाई अँध्यारो युगतर्फ धकेल्ने काम भएको आरोप बुद्धिजीवीहरुले लगाएका छन्।

केही विद्यालयहरुमा सरकारले नै इन्टरनेटको व्यवस्था गरिदिएको सन्दर्भमा शिक्षकहरुले मोबाइल फोनको प्रयोग कसरी शैक्षिक सामग्रीको रुपमा सिर्जनात्मक किसिमले कक्षाकोठामा गर्ने भनेर शिक्षकहरुलाई तालिम दिनुपर्नेमा उल्टै वृन्दावन नगरपालिकाले शिक्षालाई अठारौँ शताब्दीतिर धकेल्न खोजेको बुद्धिजीवीहरु बताउँछन्।

नगर क्षेत्रका केही प्रधानाध्यापकको उक्साहटमा समग्र शिक्षा प्रणालीमाथि नै नकारात्मक असर पर्ने निर्देशन नगरपालिकाले दिएको भन्दै वृन्दावन नगरपालिकाको आलोचना सुरु भएको छ।

प्रकाशित: ८ भाद्र २०७९ १६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App