१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

शिवमहादेव मन्दिर जहाँ चढाईन्छ ‘कुमार केटा’

दुल्लुनगर पालिका १ तल्लोडुंगेश्वरस्थित शिव पार्वती मन्दिरमा बस्दै आएका देउकेटा भक्तजनलाई टिका लगाउँदै। तस्विर: गोविन्द/नागरिक

पंचकोशी तिर्थस्थलमध्ये सहायक स्थलको रुपमा रहेको शिवमहादेव मन्दिरमा सन्तानको रोलक्रमअनुसार कुमार केटालाई चढाईन्छ। 

कुमार केटाले १६ वर्ष पार वा परस्त्रीसंग सम्वन्ध नराखुन्ञ्जेल पुजाआजा र मन्दिरको हेरचाह गर्छन्। जसलाई स्थानीय भाषामा देउकेटा अर्थात देवतालाई चढाएको केटा भन्ने गरिन्छ। ५ सय वर्षभन्दा पहिलेदेखी केटा चढाउने प्रथा अँझै कायमै रहेको छ।  

अहिले नयाँ देउकेटाका रुपमा ७ वर्षिय सुवास गिरिले कुमार जीवन बिताईरहेका छन्। उनी अँझै दुल्लुनगरपालिका १ स्थित तल्लोडुंगेश्वरमा रहेको  शिवमहादेव मन्दिरमा १० वर्ष देउकेटाका रुपमा बस्नुपर्नेछ। 

कुमार केटाले पुजाआजा नगरे आफ्नो परिवारका साथै श्रद्धालु दर्शनार्थीहरु समेत मर्ने विश्वास रहिआएको छ। ‘चलिआएको परम्परा भएकाले मन्दिरमै बस्ने बानी परिसक्यो।’ सुवासले भने। स्थानीय महादेव प्राथमिक विद्यालयमा ३ कक्षामा पढ्छन्। ‘पुजाआजामा ब्यस्त हुने दिन बाहेक अन्य दिन स्कुलमा जाने गरेको छु।’ नागरिकसंग भने, ‘हाम्रो परिवारका भाईहरु मध्य १८ वर्षमुनीका एक जना मन्दिरमा बस्नुपर्छ।’ शनिबार र मंगलबार विशेष पुजा हुने भएकाले दर्शनार्थीहरुको घुईचो हुने गर्दछ। सरकारले मन्दिर क्षेत्रलाई महादेव गुठीको रुपमा मान्यता दिएको छ। यसअघि १८ वर्ष मन्दिरमा देउकेटाका रुपमा जिवन गिरिले मन्दिरमा विताएका थिए।  

दैलेख, अछामको संगमस्थल तल्लो डुंगेश्वर बजारमा अवस्थित यो पवित्र तिर्थस्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न त्यहाका बासिन्दाहरु माग गर्दछन्। दान दक्षिणाबाट संकलित रुपैंया र अन्नबाट पालिदै आएका गिरि परिवारको मन्दिर नजिक घर बाहेक अरु केही छैन्। 

परिवार पाल्न ग्राहो भयो भन्दैमा पुख्र्यौली संस्कार किन त्याग्ने? देउकेटाका आफन्तको भनाई छ। मन्दिरमा पुजारीको रुपमा बालक सुवासका अतिरिक्त महन्त, सन्त, र  कोठारी गरि ५ पदमा कार्य विभाजन गरिएको छ। पञ्चकोशी तीर्थस्थल मध्येका यस शिव मन्दिरमा गिरि, शिरस्थान मन्दिरमा नाथ, कोटिलामा योगी, र धुलेश्वरमा सन्यासीले पुजाआजा र  गुठी क्षेत्रको संरक्षण गर्दै आएका छन्।

प्रकाशित: ८ भाद्र २०७९ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App