६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडिको अनाधिकृत संरचना भत्काएको छ। 

बुधबार काठमाडौं महानगरका मेयर  बालेन्द्र शाह (बालेन) र काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एवं डीआइजी मीरा चौधरीसहितको टोलीले डोजरको प्रयोग गरेर संरचना भत्काइएको हो।  

भवन भाडामा लिएर नक्सापासविपरीत संरचना बताएका कारण भत्काइएको महानगरले जनाएको छ।  

त्यस्तै खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ।

पछिल्लो समय काठमाडौं महानगरले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।

 

प्रकाशित: ८ भाद्र २०७९ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App