१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सर्पको टोकाइबाट ६ जनाको मृत्यु

नयाँ वर्षअर्थात् वैशाख १ गतेदेखि यता बाँकेमा सर्पदंशबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुईजनाको आइसियु, दुईजनाको इमरजेन्सी र दुईजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो।

भेरी अस्पताल नेपालगन्जका अप्रेसन विभाग प्रमुख डा. पारस पाण्डेका अनुसार २०७९ वैशाखदेखि भदौ १ गतेसम्म सर्पदंशका कारण ६ जनाको ज्यान गएको छ। भेरी अस्पतालमा हाल दुईजनाको आइसियु, चारजनाको इमरजेन्सी र चारजनाको वार्डमा उपचार भइरहेको उनले जनाए। यता सर्पदंश उपचार केन्द्र राप्तीसोनारी–८, मा सर्पदंशका बिरामीको संख्या धेरै रहेको सर्पदंश उपचार केन्द्रका अहेब केशव चन्दले बताए। वर्षा सुरु भएपछि सर्पदंशका बिरामी अलि बढी आउने गरेको उनको भनाइ छ। राप्तीसोनारी गाउँपालिका र बाँके राष्ट्रिय निकुञ्जमा अवस्थित नेपाली सेनाको चिकित्सकको टोलीले सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ। यस अघि नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीले मात्र उपचार गरिहेकोमा अहिले गाउँपालिकाले दुईजना अहेबसमेत खटाएको छ।

अधिक गर्मी र वर्षाका कारण सर्प बाहिर निस्किने गरेका कारण सर्पदंशका बिरामी बढ्न थालेका हुन्। अहिले सामान्य पानी परेपनि गर्मीले जमिन बाफिँदा सर्प बाहिर निस्किने गरेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालले बताए। अन्य समयभन्दा वर्षाको समयमा सर्पदशंका बिरामी अलि बढी नै आउने गरेको उनको भनाइ छ। ‘कहिलेकाहिँ एकै रातमा चार/पाँचजना सर्पदंशका बिरामी आइदिन्छन्,’ उनले भने, ‘कहिले कत्ति पनि आउँदैनन्। निश्चित त हुँदैन तर पनि सर्पदंशका बिरामी यो समयमा अलि बढी नै देखिन्छ।’ जनस्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अधिकृत विकल्प चौधरीले सर्पदंशका बिरामीको वास्तविक तथ्यांक नरहेको बताए।

सर्पदंशका बिरामी स्थानीय निकायका सर्पदंश उपचार केन्द्रमा उपचार गराउने र ति केन्द्रहरुले जनस्वास्थ्यमा अपडेट नगराउँदा एकीन तथ्यांक नभएको उनी बताउँछन्। कतिपय सर्पदंशका बिरामीलाई गाउँघरमै झारफुक गर्ने गरेको पनि उनले बताए। उनका अनुसार त्यस्तो गर्दा झन जोखिम हुन्छ।

प्रकाशित: ५ भाद्र २०७९ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App