कर्मचारीमैत्री निजामती सेवा ऐन ल्याउन माग गर्दै कर्मचारीहरुले आज सिंहदरबार प्रवेश गर्ने गेटमा पर्चा वितरण गरेका छन् ।
ट्रेड युनियनहरुले उठाउँदै आएका मागहरू समावेश गरी संघीय संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा जारी गर्न माग गर्दै दबाब स्वरूप कर्मचारीहरुले कार्यालय समयमा सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण गेटमा पर्चा वितरण गरेका हुन्।
नेपाल निजामती कर्मचारी युनियन,नेपाल निजामती कर्मचारी संगठन,राष्ट्रिय कर्मचारी संगठन (निजामती),एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले संयुक्त रुपमा ट्रेड युनियन संजालको ब्यानरमा आन्दोलका कार्यक्रमहरु गर्दै आएका छन्।
कर्मचारीहरुले सिंहदरबार प्रवेश गर्ने उच्च अधिकारीहरु, कर्मचारी, सर्वसाधरणहरुलाई पर्चा बाँडेका थिए।उक्त संजालका अनुसार भाेलिदेखि ६ गते देखि १७ गते सम्म सबै कार्यालयहरुमा कर्मचारीकाे मागहरु लेखिएको कालो ब्यानर राख्ने र कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने भएका छन्। पर्चामा आफ्नो खाइपाइ आएको सुविधा समेत खोसिएको भन्दै गुनासो गरेका छन् ।
संयुक्त ट्रेड युनियन सञ्जालले बाँडेको पर्चामा यस्तो छ:
प्रकाशित: ५ भाद्र २०७९ ०५:४८ आइतबार