उदयपुरमा खोलामा डुबेर एक पुरुषको निधन भएको छ। जिल्लाको पहाडी भेगको ताप्ली गाउँपालिका १ स्थित यसरी खोलामा माछा मार्न गएका सोही वडाको मादलेका ३५ वर्षीय नगेन्द्र राईको डुबेर निधन भएको हो।
बिहीबार बिहान माछा मार्न गएका उनी डुबेर बेपत्ता भएकोमा राई दहमा डुबी मृत अवस्थामा साँझ फेला परेको स्भथानीय प्रहरी चौकी रुपाटारले जनाएको छ। घट्जानाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटेको प्रहरी टोलीले मृतकको शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको छ।
घट्नाबारे बिस्तृत जानकारी आउन बाँकी भएकाले थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। यसैगरी बिहीबार दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका(२ का बलबहादुर दर्जीका ८ वर्षीय छोरा अन्जान दर्जीको पनि खोलामा डुबेर ज्यान गएको छ। साथीहरुसँग पौडी खेल्गोन गएका उनको स्थानीय गोही खोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको प्रदेश प्रहरी बिराटनगरले जनाएको छ।
पानीमा डुबेर बेहोस भएका दर्जीलाई स्थानीयले उद्धार गरी उपचारका लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताएका छन्।
प्रकाशित: ३ भाद्र २०७९ ०८:०५ शुक्रबार