१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लमजुङमा बोलेरो दुर्घटना: १५ जना घाइते, १ को अवस्था गम्भिर

लमजुङको वेसीशहरबाट घनपोखरा जाँदै गरेको बोलेरो जीप काफल डाँडा 'भाँचे' भन्ने ठाउँमा दुर्घटना भएको छ।

बुधबार साँझ ५ बजे तिर लमजुङ मर्स्याङदी गाउँपालिका २ काँफलडाडास्थित बेसीशहरबाट घनपोखरा भाँचेतर्फ जादै गरेको ग१ ज ७४१७ नम्बरको जिप उकालो बाटोदेखी ४० मिटर तल खस्न गई दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भि अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा स्थानीय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ पुर्याएको थियो।

घाइतेहरू मध्ये लमजुङ मर्स्याङदी गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ५३ की ईन्द्र देवी घलेको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ। अन्य घाईतेको अवस्था सामन्य रहेकोमा जिल्ला अस्पताल लमजुङमा उपचार भई रहेको छ।

जिप चालक अजय वि.क. लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एबम् प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।

प्रकाशित: १ भाद्र २०७९ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App